दल

आज चितवनमा गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड, नेपाल र भट्टराईले सम्बोधन गर्ने

इकागज |
कात्तिक २६, २०७९ शनिवार ८:३० बजे

चितवन- सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ । 

चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।


चुनाव नजिकिँदै जाँदा नेताहरू देश दौडाहामा छन् । गठबन्धनका नेताहरू केही दिन अघि मात्र सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर फर्केका थिए ।
 


Author

थप समाचार
x