दल

चुनाव जित्‍नेमा ढुक्‍क छु : पम्फा भुसाल

इकागज |
कात्तिक २७, २०७९ आइतबार ११:९ बजे

 

काठमाडौँ - ऊर्जा, जलश्रोत तथा सिंचाईंमन्त्री तथा नेकपा (माओवादी केन्द्र) कि उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन् । आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो  कार्यक्रममा बोल्दै ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू विजयी हुनेमा विश्वस्त रहेको बताएकी हुन् ।


आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरू गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने उनको दाबी छ । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरू सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुसी र सन्तुष्ट रहेको बताइन् । ‘मैले यो क्षेत्रमा राम्रा कामहरू गरेको छु, जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन,' उनले भनिन्, 'यसभन्दा अगाडि पनि दुई पटकसम्म जितिसकेको हो, त्यस्ते डर मलाई छैन, जनताले, मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ, विगतमा झैँ यस पटक पनि आम मतदाताहरू खुसीशी हुनुहुन्छ ।'


Author

थप समाचार
x