दल

एक बजेसम्म एक तिहाइ मात्र मत खस्‍नुका पाँच कारण

इकागज |
मंसिर ४, २०७९ आइतवार १४:२८ बजे

मतदानको दिन दिउँसो १ बजेतिर इकागज टिम काठमाडौँका विभिन्न मतदान केन्द्र डुल्दा कमै मत खसेको पाइएको छ । बानेश्वरमा रहेको सहकारी प्रशिक्षण भवन मतदान केन्द्रमा १५६२ मतदातामध्ये ५५० मत मात्र खसेको थियो । र, मतदाताको लाइन पनि बाहिर देखिएन । मानिसहरू फाट्टफुट्ट मात्र बाहिर उभिएका थिए । यही क्षेत्रका उम्मेदवार पुकार बम मतदान केन्द्र बाहिर उभिएका थिए । उनले भने, ‘गाडी नचल्दा पनि मतदातालाई गाह्रो परेको छ ।’

यसरी नै बानेश्वरकै रत्नराज्य स्कुल मतदान केन्द्रमा चार हजार ३२ मतदातामध्ये १५५० मात्र मत खसेको थियो । ६ घण्टामा ३८ प्रतिशत मत मात्र खसेको देखियो । बाँकी चार घण्टामा पनि धेरै मत खस्ने अनुमान गर्न सकिँदैन । किनकि मतपत्र चारवटा भएकाले मत हाल्न पनि समय लाग्छ ।


यसरी नै इकागजमा देशैभरबाट दिउँस १ बजेसम्म एक तिहाइ जति मात्र मत खसेको रिपोर्ट प्राप्त भएका छन् । मतदान केन्द्रमा विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्दा मत कम खस्नु र मतदातामा उत्साह नदेखिनुका यी पाँच कारण प्रमुख छन् ः

१. पार्टीहरू असन्तुष्टि छ । दलहरूको मिलेमतोले मानिसहरू निराशा सुनिए । फटाहा नै फटाहाहरू उठेकाले भोट बहिष्कार गरेको बताइयो ।

२. सहरमा धेरै मानिसहरू विदेशतिर छन् । भोट हाल्नकै लागि मानिस देश आएका छैनन् । गाउँतिर पनि भोट हाल्नकै लागि धेरै मानिस सहरबाट फर्केका छैनन् ।

३. प्रविधिले फड्को मारेको अवस्थामा जहाँबाट पनि भोट दिने व्यवस्था हुनुपर्छ । अहिलेको जमानामा को लाइन लाग्छ ? एक साता समय र लाखौँ÷हजारौँ कसले खर्च गर्छ ?

४.जनसंख्याको आधा जति मात्र मतदाता हुने । ती मतदातामध्ये पनि आधा मात्र भोट हाल्ने अवस्था छ । निर्वाचन आयोग, दलहरूले मतदाता शिक्षा राम्रोसँग दिएननन् । मतदाता नामावलीमा नाम लेखाउन सधैँको लाइन र मतदाता बन्न राज्यले खासै प्रोत्साहन पनि गरेन ।

५. मतदान स्थलमा त झन् युवा मतदाता देखिएनन् भने पनि हुन्छ । रत्नराज्य स्कुलअघि मतदान केन्द्रकै सामुन्नेमा बाराका रिजवन अन्सारी साइकल मर्मत गरिरहेका थिए । उनी मत हाल्न बारा पुगेनन् ।

समग्रमा भन्दा यसपालि नो भोटको बहुमत आउने सम्भावना देखिन्छ । अर्थात्, मतदातामध्ये ५० प्रतिशतभन्दा कम मत खसेमा त्यो नो भोटका जित ।


Author

थप समाचार
x