दल

रुपन्देही-३ को मतगणना स्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको भन्दै राप्रपाको आपत्ति

इकागज |
मंसिर ७, २०७९ बुधवार ०:५५ बजे

फाइल तस्बिर

काठमाडौँ - रुपन्देहीको क्षेत्र नम्बर ३ को मतगणना स्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले गणनास्थलमा खटिएका प्रहरीले कर्मचारीलाई समेत डिस्टर्ब गर्नु निर्वाचनको मर्यादाविपरीत रहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले निर्वाध मतगणनाको वातावरण बनाउन निर्वाचन आयोगको ध्यानाकषण गराएका छन् ।  'रुपन्देहीको क्षेत्र नं ३ को मतगणना स्थलमा ठूलो संख्यामा खटिएका प्रहरीले गणनाका कर्मचारीलाई समेत डिस्टर्ब हुनेगरी हस्तक्षेप गर्नु स्वतन्त्र निर्वाचनको मर्यादाविपरीत छ,' उनले भनेका छन्, 'निर्वाध मतगणनाको वातावरण निर्माण गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं।'


रुपन्देही-३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र राप्रपाका दिपक बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार खाणले ७२१० मत पाउँदा बोहराले ६७५७ मत पाएका छन् । 


Author

थप समाचार
x