दल

पूर्वराज्यमन्त्री अधिकारी मोरङ-२ (२) बाट दोस्रो पटक निर्वाचित

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १८:४५ बजे

विराटनगर - प्रदेश १ का पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलाबल्लभ अधिकारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मोरङको प्रदेशसभा निर्वाचन क्षेत्र २ (२) मा नेकपा एमालेका उम्मेदवार रहेका अधिकारीले नेपाली कांग्रेसका विनोद कार्कीलाई २ हजार ८०० मतान्तरले पराजित गरेका छन् ।

पेशाले कानुन व्यवसायी समेत रहेका अधिकारीले १७ हजार ७५२ मत प्राप्त गरेका हुन् । पराजित भएका कार्कीले १४ हजार ९५२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


उक्त निर्वाचन क्षेत्रमा राप्रपाका राजेन्द्र अधिकारीले पनि ३ हजार ९५ मत प्राप्त गरेका छन् ।


Author

थप समाचार
x