दल

आमचुनाव २०७९

२०६४ देखि २०७९ सम्मको निर्वाचन : यसरी बढ्‍यो जनार्दन शर्माको भोट

इकागज |
मंसिर १०, २०७९ शनिबार १०:१९ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले यो चुनावमा रुकुम पश्चिमबाट सानदार जित निकाले ।

शर्माले प्रत्येक चुनाव मत बढाउँदै लगेका छन् ।


शर्माले २०६४ सालको निर्वाचनमा २२५७५ मत ल्याएर विजयी भएका थिए । ४०६७२ मत खसेकोमा ३९५३१ मत सदर भएको थियो । उनले ५७.११ प्रतिशत मत पाएका थिए ।

त्यस्तै २०७० सालको चुनावमा ४९०७९ मत खसेको थियो । जसमा ४७८५५ मत सदर भएको थियो । शर्माले ३०२७० मत ल्याएर विजयी भएका थिए । यो कुल सदर मतको ६३.२५ प्रतिशत हो । २०६४ चुनावमा भन्दा ७६९५ मत बढी हो ।

त्यसैगरी २०७४ सालको चुनावमा ५५४८५ मत खसेकोमा ५१९१५ मत सदर भयो । जसमा शर्माले ३४४०२ मत प्राप्त गरेर विजयी भए । कुल सदर मतको यो ६६.२७ प्रतिशत हो । २०७० को निर्वाचनमा भन्दा ४१३२ मत बढी ल्याए ।

त्यस्तै हालैको चुनावमा रुकुम पश्चिममा ६०१११ मत खस्यो । जसमा ५७२९५ मत सदर भयो । शर्माले ३९५४९ मत ल्याएर सानदार जित निकाले । सदर मतको यो ६९.०३ प्रतिशत हो । २०७४ को चुनावमा भन्दा यो चुनावमा ५१४७ मत बढी ल्याए ।


Author

थप समाचार
x