दल

चुनावी परिणामबारे देउवा र प्रचण्डबीच आधा घण्टा छलफल

इकागज |
मंसिर १०, २०७९ शनिवार १३:२० बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको बताइएको छ । उनीहरूबीच करिब आधा घण्टा चुनावी परिणामबारे छलफल भएको थियो ।

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र सहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५० र माओवादी केन्द्र १६ स्थानमा विजयी भएका छन् ।



Author

थप समाचार
x