दल

माओवादी ललितपुरका संयोजक र सचिवले दिए राजीनामा

इकागज |
मंसिर १२, २०७९ सोमबार ९:२९ बजे

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि नेकपा माओवादी केन्द्र ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् । जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएका हुन् ।

कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन हुँदा पनि ललितपुर ३ बाट प्रतिनिधि सभामा पार्टीकी उपमहासचिव पम्फा भुसाल, ललितपुर २ प्रदेशभा  (१) मा हरि दाहाल र ३ (१) मा राजकाजी महर्जन पराजित भएपछि राजीनामा दिएका हुन् ।


नेकपा माओवादी बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले कट्टेल र पुलामीले राजीनामा प्रदेश कार्यालयमा दर्ता गराएको इकागजसँग बताए ।


Author

थप समाचार
x