दल

एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्छौ : उपाध्यक्ष ज्ञवाली

इकागज |
मंसिर १४, २०७९ बुधबार १५:७ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताएका छन् । अहिलेको मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने बताएक हुन् । 

सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले न्युनतम साझा कार्यक्रम बनाएर पाँच बर्ष बामपन्थीले मुलुक सञ्चालन गर्न सवै तयार हुनुपर्ने र यसले मात्रै मुुलुकको संकटलाई पार लगाउने धारणा राखे । 


उनले माओवादी लगायत अन्य कम्युनिष्ट पार्टीलाई भाई कांग्रेस नबन्न सुझाव दिदै भाई कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने तर्क गरे। ज्ञवालीले विगतका तितामिठा कुरालाई बिर्सदै एमालेसंग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीहरुलाई आह्वान पनि गरे । 

ज्ञवालीले पार्टी नफुटेको भए एमालेको बहुमत वा ठूलो पार्टी बन्न सक्ने निर्वाचनबाट देखिएको जिकिर गरे । 


Author

थप समाचार
x