दल

सत्तापक्षको सेटिङमा गरिएको नाङ्गो धाँधलीलाई आयोगले वैधता प्रदान गर्नु गम्भीर : शंकर पोखरेल

इकागज |
मंसिर १५, २०७९ बिहीबार १०:६ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ताको सेटिङलाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् ।

स्याङ्जा र बाजुरामा पुन: मतदान नगरी मतगणना गर्ने आयोगको निर्णय उनले चिन्ता व्यक्त गरेका हुन् ।


सत्ता पक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई आयोगले वैधता प्रदान गर्नु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ । 'स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङगो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ,' उनले भनेका छन् । 
 


Author

थप समाचार
x