दल

शेरबहादुर देउवाकाे नेतृत्वमै सत्ता गठबन्धनकाे सरकार बन्छ : मन्त्री चौधरी

इकागज |
मंसिर १५, २०७९ बिहीबार १७:७ बजे

काठमाडौँ- ​शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकार निर्माण गर्ने विषयमा दलहरूबीच छलफल सुरु भइसकेको भन्दै पाँच दलीय गठबन्धनको सरकारको मन्त्रीहरू पनि सल्लाहमै टुंगो लगाउनुपर्ने बताए ।


मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरूको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे । त्यस्तै उनले अहिलेको निर्वाचनमा आफ्नो पार्टीको सन्तोषजनक परिणाम नआएको जिकिर गरे । मन्त्री चौधरीले आगामी ३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गरिने दाबी गरे ।

थापाथलीको सवालमा सुकुम्बासी बस्ती भनिएको ठाउँमा ठूला भवन बनाइएका र स्टल बनाएर भाडा असुल्ने काम भएको उनले बताए ।

मन्त्री चौधरीले सबै सुकुम्बासीको पहिचान गर्ने र उनीहरूको घर नबन्दासम्म उनीहरूका लागि उचित बसोबासको व्यवस्थापन गर्ने जानकारी दिए ।


Author

थप समाचार
x