दल

संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्छ : मन्त्री पौडेल

इकागज |
मंसिर १५, २०७९ बिहीबार १९:७ बजे

बागलुङ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरू आगामी पाँच वर्षमा सम्पन्न गर्ने बताएका छन् । 

बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए । 


यसअघि गर्न नसकेका काम पनि रहेको बताउँदै उनले पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी पाँच वर्षमा क्रमशः: पूरा गर्न पनि अहिलेकै गठबन्धन नेतृत्वमा सरकार आवश्यक रहेको बताए ।

संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकासका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने उनको भनाइ छ ।

'प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौं,' उनले भने, 'गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ ।' चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकासमा समान वितरण हुने आश्वासन दिए । 

ढोरपाटन सालझण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलुलाई प्रबर्द्धनलगायतका काम जनताको चाहनाअनुसार हुने उनले बताए ।


Author

थप समाचार
x