दल

समाजवादी : प्रदेश पार्टी बन्यो, राष्ट्रिय पार्टी बनेन

इकागज |
मंसिर २१, २०७९ बुधवार १३:७ बजे

काठमाडौँ – प्रतिनिधि सभामा राष्ट्रिय पार्टी बन्‍न नसकेको नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेशमा थ्रेसहोल्ड कटाएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेशमा ’थ्रेस होल्ड’ पार गर्न कूल सदर मतको १.५ प्रतिशत मत ल्याउनुपर्छ । नेकपा एसले सातै प्रदेशमा समानुपितकमा १.५ प्रतिशत मत कटाएको हो ।

प्रतिनिधि सभामा भने राष्ट्रिय दल बन्न प्रत्यक्षमा एक सिट र समानुपातिकमा कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ । नेकपा एसले प्रतिनिधि सभामा करिब तीन लाख मत प्राप्त गरे पनि थ्रेसहोल्ड भने कटाउन सकेन ।


समाजवादीले मधेश प्रदेशमा सबैभन्दा धेरै मत प्राप्त गरेको । निर्वाचन आयोगको विवरणअनुसार मधेशमा कूल सदर २० लाख ८६ हजार २९८ मतमध्ये नेकपा समाजवादीले एक लाख १३ हजार ९२५ मत प्राप्त गरेको छ ।

समाजवादीले गण्डकीमा सबैभन्दा मत पाएको छ । गण्डकीमा कूल सदर नौ लाख ८५ हजार ८०२ मतमध्ये नेकपा समाजवादीले १५ हजार ७६ मत मात्रै पाएको छ । यो संख्या प्रदेशमा राष्ट्रिय दल बन्न भने प्रयाप्त हो ।

त्यस्तै प्रदेश १ मा कूल सदर मत १८ लाख ९९ हजार १४४ मध्ये ५५ हजार ९९७ मत पाएको छ । बागमतीमा कूल सदर १९ लाख ७३ हजार मतमध्ये ४७४ ६९ हजार ८४६ मत पाएको छ ।

लुम्बिनीमा कूल सदर १८ लाख ८७ हजार ७८ मतमध्ये ४२ हजार ६२१ मत पाएको छ भने कर्णालीमा पाँच लाख ७७ हजार ८२९ मतमध्ये ३५ हजार ८२६ र सुदूरपश्चिममा आठ लाख ९६ हजार ३८६ मतमध्ये ४३ हजार ८१९ मत पाएको छ ।

प्रदेश

कूल सदर मत

प्राप्त मत

राष्ट्रिय दल बन्न चाहिने मत

कैफियत

प्रदेश

१८,९९, १४४

५५,९९७

२४,४८७

 

मधेश

२०,८६,२९८

१,१३,९२५

३१,२९४

 

बागमती

१९,७,३४७४

६९,८४६

२९,६०२

 

गण्डकी

९,८५,८०२

१५,०७६

१४,७८७

 

लुम्बिनी

१८,८७,०७८

४२,६२१

२८,३०६

 

कर्णाली

५,७,७८२९

३५,८२६

८,६६७

 

सुदूरपश्चिम

८,९६,३८६

४३,८१९

१४,९४६

 

 

 

 

 


Author

थप समाचार
x