दल

समानुपातिक सांसद छान्‍न एमाले सचिवालय बैठक बस्दै

इकागज |
मंसिर २४, २०७९ शनिबार १०:४२ बजे

काठमाडौँ- नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।

उनका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो । 



Author

थप समाचार
x