दल

कांग्रेसले सिफारिस गरेको ३२ समानुपातिक सांसदमा को को परे ? (सूचीसहित)

इकागज |
मंसिर २४, २०७९ शनिबार १४:४३ बजे

फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फ संघीय सांसदको टुंगो लगाएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट समानुपातिकमा सिफारिस भएका उम्मेदवारबाट ३२ जनाको नाम टुंगो लगाएको हो ।  

समानुपातिकतर्फ २९ महिला र तीन जना पुरुषको नाम टुंगो लगाएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । तीन पुरुषमा जीवन परियार, विमलेन्द्र निधि र प्रकाशशरण महतको नाम छ । मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको थियो । निर्वाचन आयोगले समानुपातिकतर्फको प्रदेश सभा र प्रतिनिधिसभाको नाम सिफारिस गरेर पठाउन आज अन्तिम म्याद दिएको थियो । 


समानुपातिकतर्फ सांसद भएकाहरूको नामावली

आदिवासी जनजातितर्फ :

१. सरस्वती बजिमय 

२. लिलादेवी बोखिम

३. सिता कुमारी राना

४. सुशीला थिङ

५, सपना राजभण्डारी

६ माया राई 

७. कुसुम थापामगर

८ मनोरमा सेरचन

खस आर्यतर्फ 

१. अम्बिका बस्नेत

२. सरिता प्रसाईं

३. आरजु राणा देउवा

४. ईश्वरी न्यौपाने

५. प्रतिमा गौतम

६. मञ्जु खाँण

७. रमा कोइराला पौडेल

८. कान्तिका सेजुवाल 

९. मैना रावल कार्की

मधेसी तर्फ

१. नागिना यादव

२. मुक्ता कुमारी यादव

३. चन्दा चौधरी

४. संगिता मण्डल

५. निनुकुमारी कर्ण

दलित तर्फ 

१. शान्ति विक

​ २. रुपा विक

३. सीता मिजार

४. आशा विक

थारु तर्फ 

१ कल्पना चौधरी 

२. विना कुमारी थनेत

मुस्लिम तर्फबाट

१ जावेदा खातुन् जागा

तीन जना पुरुष विकल्पसहित 

१. जीवन परियार

२. विमलेन्द्र निधि

३. प्रकाशशरण महत


Author

थप समाचार
x