दल

एकीकृत समाजवादीको स्थायी समिति आज पनि बस्दै

इकागज |
पुस १७, २०७९ आइतबार ९:२० बजे

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक आज पनि बस्दै छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक आज पुनः बस्न लागेको हो । 
 
शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखे । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको छ ।   



Author

थप समाचार
x