दल

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

इकागज |
पुस १७, २०७९ आइतबार ११:५७ बजे

कैलाली - नेकपा  माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको ​संसदीय दलको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत हुन् । 

शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।
 



Author

थप समाचार
x