दल

नेकपा एस बैठक

एकीकृत समाजवादी स्थायी कमिटी सदस्यकाे सुझाव : सरकारमा जान हतार गर्न नगरौँ

इकागज |
पुस १७, २०७९ आइतबार १५:४२ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्यहरूले सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका छन् ।

पार्टी कार्यालय तीनकुनेमा जारी बैठकमा उनीहरूले सरकारलाई समर्थन गर्ने कुरा फरक भए पनि सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका हुन् । प्रधानमन्त्रीले सरकारलाई समर्थन गर्न आग्रह गरे पनि औपचारिक पत्र नआएसम्म सरकारलाई समर्थन गर्न नसकिने धारणाहरू आएको उपमहासचिव गंगालाल तुलाधरले बताए ।


त्यस्तै यसअघि कै सहकार्यमा रहेका दलहरू मध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल नै नयाँ सरकारको नेतृत्वमा पुगेकाले समर्थन दिन उपयुक्त हुनेमा पनि केही सदस्यहरूको जोड रहेको उनले बताए ।

तुलाधरले पार्टी एकताका सवालमा चलेका चर्चाहरू नेकपा एमालेका केही नेताहरूले चलाएको र भ्रममा पर्न नहुने धारणा राखे । उनले अहिले एकताका प्रयासहरू नै नभएको स्पष्ट पारे ।

बैठकमा राष्ट्रिय राजनीतिका साथै पार्टीलाई सशक्त बनाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।


Author

थप समाचार
x