दल

वर्तमान सरकार गठबन्धन भत्काउँदैनाैँ : नेपाली कांग्रेस

इकागज |
पुस २२, २०७९ शुक्रबार १८:३७ बजे

काठमाडौँ- नेपाली कांग्रेसले वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेको छ ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको बताएका हुन् । उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समीकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे ।


उनले कांग्रेसले अब जिम्मेवार र शालीन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

बैठकमा शनिबार बस्ने संसदीय दलको बैठक र केही दिनपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकको विषयमा छलफल भएको उनले जानकारी दिए ।

यसअघि भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेका उनको भनाइ छ ।​​ उनले पार्टीभित्र सम्हालेर, एक भएर र आत्मालोचना गरेर अघि बढ्ने जिकिर गरे ।


Author

थप समाचार
x