दल

पौडेलले भने : कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक काममा लाग्ने भन्ने विषयमा छलफल भयो

इकागज |
पुस २३, २०७९ शनिबार १४:४८ बजे

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले आजको संसदीय दलको बैठकका अब कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक भूमिका निर्वाह गर्न सक्छ भनेर छलफल भएको बताएका छन् । बाहिर आएको हल्ला जस्तो सरकार बनाउने वा ढलाउने प्रक्रियामा कांग्रेस नलाग्ने पनि उनले उल्लेख गरे ।

संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा मात्रै छलफल भएको बताए । नयाँ विषयले बैठकमा प्रवेश नपाएको उनको भनाइ छ ।   



Author

थप समाचार
x