दल

काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छ : महामन्त्री थापा

इकागज |
पुस २३, २०७९ शनिबार १५:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन् ।

शनिबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसद्‍का दोस्रो, तेस्रो लगायत अन्य दलहरूले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् । उनले आफ्नो व्यक्तिगत धारणा भए पनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताए ।


थापाले अन्य दलहरू मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा काँग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे । उनले नेपाली काँग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।


Author

थप समाचार
x