दल

जसपाले सरकारलाई विश्वासको मत दिने

इकागज |
पुस २३, २०७९ शनिबार २१:५० बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दलहरूको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश गरेपछि सरकारलाई विश्वासको मत दिने निर्णय भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

आज एक विज्ञप्ति जारी गर्दै जसपाले गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका दुई वटा सर्तहरू समेटिएको भन्दै विश्वासको मत दिने बताएको हो ।


कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारूढ दलका शीर्ष नेतालाई आज बुझाएको हो । प्रतिवेदनमा प्रभावकारी रूपमा सरकार सञ्चालनका लागि प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषय समेटिएको छ । 

जसपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने विषयमा भने असहमति व्यक्त गरेको छ । प्रवक्ता सुमनका अनुसार आइतबार पार्टीको बैठक बसी सरकारलाई विश्वासको मत दिनेबारे औपचारिक निर्णय गर्नेछ ।


Author

थप समाचार
x