दल

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने निर्णयकाे अधिकार अध्यक्ष ठाकुरलाई

इकागज |
पुस २४, २०७९ आइतबार १६:५७ बजे

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । 

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो । 


साथै बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन  गरेको छ भने संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि गरेको छ । 
 


Author

थप समाचार
x