दल

मंसिर ४ को निर्वाचनपछि नेपाली राजनीति एकले अर्कोलाई छक्याउने कुरामै केन्द्रित भयाे : थापा

इकागज |
पुस ३०, २०७९ शनिवार १७:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरूको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरू एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकिर समेत गरे ।


शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले पूर्व प्रधानमन्त्रीहरूबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २/४ दिन भए पनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनका बेला भनेको समेत स्मरण गराए ।

महामन्त्री थापाले आफ्नो दलमा पूर्व प्रधानमन्त्रीहरूले आफ्नो अकन्टक नेतृत्व रहने गरी सदस्यता वितरण गरेकाले यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने धारणा समेत राखे ।

महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसद्‍मा सबै राजनीतिक दलका सांसदहरूले मिलेर बहसलाई अघि बढाउनुपर्ने प्रस्ताव समेत राखे ।


Author

थप समाचार
x