दल

मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रमा फसाउने काेसिस हुँदैछ : महासचिव पोखरेल

इकागज |
माघ १४, २०७९ शनिवार १५:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रमा फसाउने कोसिस भइरहेको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतको आदेशबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पद खारेज भएलगत्तै उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । एमालेद्वारा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘शहीद स्मृति कार्यक्रम’मा बोल्दै उनले मुलुकमा देखा परेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ संकल्पित रहेको समेत बताए ।


महासचिव पोखरेलले नेपाली राजनीतिमा देखा परेका पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भीर रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढ्ने दाबी गरे ।

उनले भने, ‘राजनीतिक अस्थिरतको दुश्चक्र कायम गर्ने जुन कोसिस गरिएको छ । त्यसलाई नेकपा एमाले सफलतापूर्वक सामना गर्दै अघि बढ्न तयार छ भन्ने कुरा पनि म तपाईंहरूका बीचमा राख्न चाहन्छु । अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरू भइरहेका छन् । नेकपा एमाले त्यसप्रति अन्त्यन्त गम्भीर छ । र, सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु ।’

महासचिव पोखरेलले एमालेले शहीदहरूको सम्मानमा कमी आउन नदिने गरी मुलुकलाई अघि बढाउने प्रयास गरिरहेको पनि बताए ।


Author

थप समाचार
x