दल

गृहमन्त्रीमा आफूलाई पुनः नियुक्त गर्न प्रधानमन्त्रीसँग रविको आग्रह

इकागज |
माघ १५, २०७९ आइतबार २२:२२ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । आज दाहालसँग भेटेर लामिछानेले गृहमन्त्रीमा फर्कने चाहना रहेको बताएका हुन् । 

रविले आफ्नो नागरिकताको विवाद सकिएको र राहदानीको छानबिन पनि सकिने हुनाले नियुक्त गर्न दाहाललाई भनेका थिए । स्रोतका अनुसार रविले उपनिर्वाचनमा पनि चितवन २ बाट आफूले जित्ने हुँदा कुनै अप्ठ्यारो नपर्ने तर्क गरेका थिए । 


दाहालले भने निर्वाचन आयोग र कानुनविद्हरूसँगको छलफल पछि निर्णय गर्ने बताएका छन् । 


Author

थप समाचार
x