दल

माओवादी पदाधिकारी बैठक बस्दै, गृह मन्त्रालयबारे छलफल हुने

इकागज |
माघ १६, २०७९ सोमबार ९:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।

आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ । यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए ।


आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नेपाली नागरिकता लिएसँगै उनले पुनः गृहमन्त्रीको दाबी गरेका छन् । माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको हो ।


Author

थप समाचार
x