दल

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै : नेता केसी

इकागज |
माघ १६, २०७९ सोमबार १५:८ बजे

फाइल तस्बिर

भरतपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन् ।

भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताए । राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उनको भनाइ थियो ।  


नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी रहेको जिकिर गरे । उनले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्नुपर्नेमा जोड दिए ।

'कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपर्थ्यो । आफ्नै त्रुटीका कारण प्रतिपक्षमा पुग्यौँ । अब प्रतिपक्षको धर्म निर्वाह गर्नु नै कांग्रेसको दायित्व र जिम्मेवारी हो,' उनले भने । 

कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको उनको भनाइ थियो । उनले भने, 'कांग्रेस सशक्त प्रतिपक्षीबाहेक अन्य कुनै भूमिकामा हुनु हुँदैन ।'


Author

थप समाचार
x