दल

विप्लव भन्छन्- नेपालका सबै कम्युनिस्टहरूलाई केन्द्रिकृत गर्न खोजेका छौं

इकागज |
माघ १९, २०७९ बिहीबार १०:४७ बजे

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव'ले परिवर्तन खोजिरहेका नेपालका कम्युनिस्टहरू एक ठाउँमा आउने बेला भउको बताएका छन् । झापा आन्दोलनदेखि जनयुद्ध र एकीकृत जनयुद्धसम्मका परिवर्तन खोजिरहेका शक्तिहरूलाई एक ठाउँमा ल्याउने बेला भएको उनले बताएका छन् ।  नेपालमा जनताको दुई तिहाइ जनमत कम्युनिस्ट मन पराउने र समाजवाद हेर्ने चाहाना राख्नेहरूको रहेको भन्दै त्यसअनुसार कम्युनिस्टहरूले गर्न नसकेको उनी बताउँछन् । 

नेपाली जनताको चाहना र सबै कम्युनिस्ट पार्टीभित्र देखा परिरहेका उतारचढाव र विघटनहरू हेर्दा आफूहरूले नेपालका सबै कम्युनिस्टहरूलाई केन्द्रिकृत गर्न खोजिरहेको उनको भनाइ छ । 'झापा आन्दोलन, अझ भिम दत्त पन्तदेखि जनयुद्ध र एकीकृत जनयुद्ध सम्मका जो–जो युवाहरू छन्, जसले परिवर्तन खोजिराखेका छन्, त्यो शक्तिलाई एक ठाउमा ल्याउने बेला भयो, 'नेकपाको मुखपत्र जनपत्रकारलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, 'नेपाली जनताको चाहना र बिगतको सबैले समीक्षा गर्दा, सबै कम्युनिस्ट पार्टीभित्र देखा परिरहेका उतारचढाव, विघटनहरू हेर्दा हामीले नेपालका सबै कम्युनिस्टहरूलाई केन्द्रिकृत गर्न खोजेका छौँ।'


नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भित्र पनि यसबारे बहस भए आफूहरू बहसका लागि तयार रहेको उनले बताएका छन् । एमाले -माओवादी लगायत दलहरूले भनेजस्तो संसद्‍बाट समाजवादमा जान असम्भव रहेको उनको भनाइ छ ।


Author

थप समाचार
x