दल

कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्‍ने

इकागज |
माघ १९, २०७९ बिहीबार ११:२६ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनमा अरु राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

उनका अनुसार संसदीय दलको बैठक माघ २६ गतेबस्ने भएको छ । संसद्भित्रको व्यस्तताका कारण केन्द्रिय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको उनले बताए । 


प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताए । 
 


Author

थप समाचार
x