दल

रूपन्देही नेविसंघमा समानान्तर समिति

इकागज |
माघ १९, २०७९ बिहीबार १८:२९ बजे

बुटवल- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को रूपन्देहीमा समानान्तर कमिटी गठन भएको छ ।

स्ववियु निर्वाचनको मिति नजिकिएसँगै नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ रूपन्देही अध्यक्षको जिम्मेवारी रूपन्देहीका सन्दीप पाण्डेलाई दिएका थिए । उनी कांग्रेस संस्थापन पक्षका हुन् ।


बिहीबार डा. शेखर कोइराला समूहले रूपन्देहीमा नेविसंघको समानान्तर कमिटी बनाएको हो ।

संस्थापन पक्षले एकलौटी रूपमा निर्णय गरेको भन्दै बिहीबार बुटवलमा भएको कोइराला समूहका नेताहरूको भेलाले शम्शेर खड्काको नेतृत्वमा ३० सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सदस्यहरूमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल, कमल पराजुली, दिपक अर्याल, सागर अधिकारी, ऋषि पन्थी, सिमन कँडेल, रोहित रेग्मी, रामापति यादव, सन्दीप यादव, अनिल परियार, सम्झना पङ्गेनी, प्रेमराज परियार, सागर घिमिरे, सुमन गुरुङ, सौरभ श्रेष्ठ, राजन थापा, विधान खाती, निरज श्रेष्ठलगायत छन् ।


Author

थप समाचार
x