दल

पदप्रति आशक्ति नदेखाउन रविलाई गुरुराजको सुझाव

इकागज |
माघ १९, २०७९ बिहीबार २०:५३ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पदप्रति आशक्ति नदेखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुझाव दिएका छन् । उनले देशको कानुन पालना गरेर मात्रै अघि बढ्न लामिछानेलाई सुझाव दिएका हुन् । आज ट्विट गर्दै घिमिरेले भर्खरै राजनीतिमा लागेकाले स्वच्छ छवि बनाउन समेत आग्रह गरे ।

उनले लेखेका छन्,'देशको कानुन पालना गरेर मात्र अघि बढ्न सकिन्छ रबिजी१तपाईं माथिको छानबिन जारी छ।छानबिन टुङ्गिन दिनोस्।न्यायालयको ढुकढुकी बाँकी नैं छ। आफूले बोलेको कुरामा अडिनुस्।भरखरै राजनीतिमा लाग्नुभएको छ,स्वच्छ छवि बनाउनुस्।पदप्रतिकोआशक्ति नदेखाउनुस्।प्रचलित राजनीतिज्ञ नबन्नुस्,हाम्रो सल्लाह !!'



Author

थप समाचार
x