दल

रविलाई प्रधानमन्त्री प्रचण्ड र ओलीको प्रस्ताव : गृहबाहेक अरु मन्त्रालय छान्‍नुस्, तपाईं मन्त्री नबन्‍नुस्

इकागज |
माघ २२, २०७९ आइतबार ८:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफै सरकारमा सहभागी नहुन प्रस्ताव गरेका छन् । शनिबार छलफलमा बसेका प्रचण्ड र ओलीले रविलाई संयुक्त प्रस्ताव गरेका हुन् ।

'गैरसांसदलाई मन्त्री बनाउन लाग्यो भनेर सबैतिर भनेका भन्यै छन् । तपाईं यसपटक मन्त्री नबन्‍नुहोस् । पार्टीका अरुलाई नै मन्त्रीमा प्रस्ताव गर्नुहोस्' रविसँग प्रचण्डले प्रस्ताव गरेको माओवादीका एक नेताले बताए । प्रचण्ड र ओलीले उपनिर्वाचनपछि रविलाई मन्त्री बनाउने बचन दिएका छन् ।


त्यस्तै रास्वपालाई गृह मन्त्रालय नदिन ओली पनि सहमत भएका छन् । केही दिनअघि सार्वजनिक कार्यक्रममै रास्वपालाई पूर्वसहमति अनुसार गृह मन्त्रालय दिन प्रचण्डलाई दबाब दिएका ओली शनिबारको छलफलपछि गृह मन्त्रालय माओवादीले नै राख्‍न सहमतिमा आएका हुन् ।

छलफलपछि रविलाई प्रचण्ड र ओलीले गृह मन्त्रालयबाहेक अरु मन्त्रालय लिन प्रस्ताव गरेका छन् । 'विगतदेखि नै प्रधानमन्त्री रहेको पार्टीले गृह वा अर्थ मन्त्रालय लिइँदै आएको छ । प्रधानमन्त्रीलाई काम गर्न सहज हुने भएकाले यस्तो गरिँदै आएको छ' प्रचण्ड र ओलीको संयुक्त प्रस्तावपछि ती नेताले भने । 'यदी त्यसो हो भने पार्टीमा म तपाईंहरूले भनेको प्रस्ताव लैजान्छु । त्यसपछि एउटा निर्णय लिएर अगाडि बढ्‌छौँ' रविले प्रचण्ड र ओलीलाई भनेको ती नेताले बताए ।

रास्वपाले दिएको दुई दिने अल्टिमेटम शनिबार सकिएको छ । अल्टिमेटमपछि बसेको रास्वपाको बैठकले कुनै निर्णय गरेको छैन् । रास्वपाको बैठक आज बिहान ११ पनि बस्दैछ ।

र, यो पनि


Author

थप समाचार
x