दल

'विशेष पत्रकार सम्मेलन' गर्दै रवि

इकागज |
माघ २२, २०७९ आइतवार ११:१ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज 'विशेष पत्रकार सम्मेलन' गर्ने भएका छन् ।  केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्न लागेको उनले जानकारी दिएका छन् । 'पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यसलगत्तै  पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु,' सामाजिक सन्जालमा उनले लेखेका छन्, 'म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।'

नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेको सांसद पद र मन्त्री पदसमेत गुमेको थियो । पुन: नागरिकता लिएर रास्वपाले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने अडान राखिरहेको छ । तर प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई पुन: गृह मन्त्रालय दिन अनिच्छुक देखिएका छन् । यसबारे निर्णय गर्न आजै रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । 



Author

थप समाचार
x