दल

माधव नेपालले भने - पार्टीभित्र कुनै मतभेद छैन

इकागज |
माघ २२, २०७९ आइतवार १९:५१ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी भित्र कुनै मतभेद नरहेको दाबी गरेका छन् । 

आइतबार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकको समापन गर्दै उनले यस्तो जिकिर गरेका हुन् । अध्यक्ष नेपालले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकता बद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चार माध्यममा आएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । पार्टीमा मतभेद नरहेको र नेताहरुबीच पनि कुनै खटपट नभएको उनको भनाई थियो । 


अध्यक्ष नेपालले भने, ‘बाहिर पत्रिकामा मुकुन्द न्यौपानेको फरक मत भनेर आएको छ । उहाँको सुझाव हो त्यो । पार्टीलाई कसरी सशक्त बनाउन सकिन्छ ? कम्युनिष्ट आन्दोलनलाई कसरी सशक्त बनाउन सकिन्छ ? नेपालको राजनीतिक कम्युनिष्ट आन्दोलनको हैसियतलाई कसरी अगाडि बढाएर लैजान सकिन्छ ? भन्नेमा उहाँलाई लागेका विचारहरू हुन् । यसर्थमा त्यसलाई अन्य अर्थमा लिनुपर्ने कुनै आवश्यकता छैन । हाम्रो पार्टीभित्र यो पार्टीलाई एकतावद्ध बनाएर लैजाने बारेमा पार्टीलाई सुदृढ बनाउने बारेमा कुनै मतभेदहरू छैनन् । यसबारे कमरेडहरू ढुक्क भएर जानु भए हुन्छ । नेताहरूबीच खटपट भएको भन्ने लागेको होला ? छैन ।’

अध्यक्ष नेपालले पार्टीलाई एकतावद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । 


Author

थप समाचार
x