दल

एमालेको केन्द्रीय समिति बैठकको पहिलो एजेन्डा बन्‍यो निर्वाचन समिक्षा

इकागज |
माघ २३, २०७९ सोमबार ९:५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिधिसभा निर्वाचन सम्पन्न भएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौ बैठक २९ माघबाट सुरु हुने भएको छ ।

गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।


मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

बैठकको एजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ । 


Author

थप समाचार
x