दल

नारायणमान बिजुक्छेकाे आराेप : कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन

इकागज |
माघ २३, २०७९ सोमबार १५:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।​

रफत सञ्चार क्लबको १३ औ वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बिजुक्छेले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कही नभएको चलन कांग्रेसले ल्याएको र प्रतिपक्ष दलको भूमिका पनि निर्वाह गन नसकेको आरोप लगाएका हुन् ।


सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको भए पनि सत्ताको माहेले कांग्रेसले त्यो जिम्मेवारी छाडेको उनले बताए । उनले विचार नमिल्नेहरूको सरकार बनाएर दलहरूले गैरजिम्मेवारीपन देखाएको धारणा पनि राखे । बिजुक्छेले संसद्‍मा जनसरोकारका विषय र आफ्ना विचारहरूका बारे बोल्न पाउनुपर्ने भन्दै राप्रपाले हिन्दू राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत भएको पनि बताए ।

त्यस्तै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको धारणा राखे ।

कार्यक्रममा पत्रकार रमेश गिरी, नारायणसुन्दर किलम्बु लगायतलाई सम्मान गरिएको थियो ।


Author

थप समाचार
x