दल

संविधान र व्यवस्थाविरुद्ध नबोल्न राप्रपालाई झाँक्रीकाे चेतावनी

इकागज |
माघ २५, २०७९ बुधवार २०:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छन् ।

संसद् भित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको भन्दै उनले आपत्ति समेत जनाइन् । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले जनतालाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाको विरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन् ।


सचिव झाँक्रीले ठूला दलहरूले जनताको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहोर्‍याइन् । उनले सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताइन् ।

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब जनताको अवस्था परिवर्तन हुने गरी काम गर्नेगरी सबै राजनीतिक दलहरूले योजना बनाउनुपर्ने बताइन् । उनले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताइन् ।


Author

थप समाचार
x