दल

संघीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने एमाले उपाध्यक्ष नेम्वाङको प्रस्ताव

इकागज |
माघ २५, २०७९ बुधबार १८:६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । संसद् भवनको मूलगेटमा पत्रकारहरू बन्दुक तेर्स्याए जसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उपाध्यक्ष नेम्वाङको तर्क थियो । उनले सो कक्ष दलका नेताहरू, सांसदहरू र संघीय संसद् सचिवालयका पदाधिकारीहरूलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने स्मरण गराए ।


उपाध्यक्ष नेम्वाङ पत्रकारहरूले संसद्‍को मूलगेटमा दौडिएर नेताहरूको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताए ।


Author

थप समाचार
x