दल

भर्चुअल माध्यमबाट माओवादी केन्द्रीय समिति बैठक बस्दै

इकागज |
माघ २६, २०७९ बिहिवार १०:२० बजे

काठमाडौँ- स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ ।

भर्चुअल माध्यमवाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिईएको छ ।


सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसूची रहेको बुझिएको छ ।  
 


Author

थप समाचार
x