दल

हार्नेहरूले हो आत्मसमर्पण गर्ने, योद्धाहरू सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् : रन्जिता श्रेष्ठ

इकागज |
माघ २६, २०७९ बिहीबार १२:१५ बजे

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफूहरूले आत्मसमर्पण नगर्ने बताएकी छन् । आफ्ना पार्टीका सात प्रदेश सांसदको फोटो फेसबुकमा राख्दै उनले लेखेकी छन् 'हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् ।'

नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सुदूरपश्चिम सरकार ढल्ने अवस्थामा छ । मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदैछन् । 


 

 


Author

थप समाचार
x