दल

रेशमलाई भेट्न डिल्लीबजार कारागार पुगे एमाले नेता भट्ट

इकागज |
माघ २६, २०७९ बिहीबार १२:३१ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेका नेता लेखराज भट्ट रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् । सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको नागरिक उन्मुक्तिलाई फकाउन भट्ट बिहीबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका हुन् ।

नागरिक उन्मुक्तिका एक नेताका अनुसार भट्टले कारागार पुगेर सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । तर चौधरीले भने माग पुरा नभएसम्म समर्थन गर्न नसकिने जवाफ फर्काएको उनको भनाइ छ । 


नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरीले कुनै पनि हालतमा आफूहरूले आत्मसमर्पण नगर्ने बताएकी छन् । सुदूरपश्चिमका सात सात सांसदको फोटो राख्दै उनले लेखेकी छन्, ' छन् 'हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् ।'

नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सुदूरपश्चिम सरकार ढल्ने अवस्थामा छ । मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदैछन् । 


Author

थप समाचार
x