दल

एक सातामै प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच दुई पटक भेटघाट

इकागज |
माघ २६, २०७९ बिहीबार १३:५७ बजे

काठमाडौ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रमचन्द विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास प्रधानमन्त्री प्रचण्डसँग नेकपा महासचिव विप्लवले भेटवार्ता गरेका हुन् । यो पछिल्लो एक सातामै प्रचणंड-विप्लवको दोस्रो भेट हो । यसअघि यसै साता दुई नेताबीच भेटवार्ता भएको थियो । 

भेटमा तत्कालीन सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिकार्यान्वयन, मुलुकको जटिल र संकटपूर्ण आर्थिक राजनीतिक परिस्थिति, नेपालमा कम्युनिस्ट शक्तिहरूको धुर्वीकरणको आवश्यकताबारे कुराकानी भएको विप्लवको सचिवालयले जनाएको छ । 


तीन बुँदे सहमतिअनुसार बन्दी नेता कार्यकर्ता रिहा गर्न सरकार सकारात्मक रहेको जवाफ प्रधान्मन्त्री प्रचण्डले दिएका थिए । 

िवप्लवले बुधबार मात्रै एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । 


Author

थप समाचार
x