दल

माओवादी केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै

इकागज |
माघ २६, २०७९ बिहीबार १८:१७ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको भर्चुअल बैठक सुरु भएको छ ।

स्थायी कमिटी बैठकले २२ सदसीय पदाधिकारीको टुंगो लगाएलगत्तै माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको हो । भर्चुअल माध्यमबाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यलाई जुम आइडी दिइएको थियो । 


सुरुमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसूची रहेको बताइएको छ।  


Author

थप समाचार
x