दल

राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम रहनेमा प्रकाशमान सिंहको आशंका

इकागज |
माघ २८, २०७९ शनिबार १२:५९ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम रहनेमा आशंका व्यक्त गरेका छन् । शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले अहिलेको गठबन्धन दीगो रूपमा जान नसक्ने तर्क गरेका हुन् । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनको आसय थियो।

'दलहरूले धरातलीय अर्थाथलाई चाँडो बिर्सिए,' उनले भने, 'सबैले मिलेर राष्ट्रनिर्माण गर्नुपर्छ । त्यो क्षमता कांग्रेससँग छ।  नेपाली कांग्रेस सत्तामा जानैपर्छ भन्ने छैन। आएको जिम्मेवारी हामी बहन गर्छौँ ।’


अरु राजनीतिक दलले सत्ता सन्चालन गर्दा संघीयता कार्यान्वयनमा चासो कम दिने र नेपाली कांग्रेसले उठाउँदै आएको मुद्दालाई कमजोर पार्ने खेल मात्रै भएको सिंहले टिप्पणी गरे।

सुदूरपश्चिम प्रदेश सरकार ढले जस्तै अरु ठाउँमा पनि स्थिति असहज बन्दै गएको हुँदा देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउन सक्ने सम्भावना बढ्दै गएको उनले दाबी गरे । 


Author

थप समाचार
x