दल

राष्ट्रपतिप्रति नागरिकको धारणा नकारात्मक हुँदैछ, दुःख दिने परम्परा र शैली बदलौँ : गगन थापा

इकागज |
माघ २८, २०७९ शनिबार १३:३७ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सन्जालमार्फत् महामन्त्री थापाले दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनुपर्ने बताएका छन् । 

राष्ट्रपति एउटा व्यक्ति नभई संस्थाभएको भन्दै यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको उनको भनाइ छ । संस्थालाई सम्मानित र मर्यादित बनाउन 'नागरिकलाई दुःख दिने परम्परा र शैली बदल्नुपर्ने उनले उनको सुझाव छ । 'राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो। यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ,' उनले लेखेका छन्, 'यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन 'नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ।'



Author

थप समाचार
x