दल

एमालेका नेताहरू राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेका छन् : अध्यक्ष नेपाल

इकागज |
माघ २८, २०७९ शनिबार १५:९ बजे

फाइल तस्बिर

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले नेकपा एमालेप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरू राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गरे ।


उनले नेकपा एमालेले अन्तिममा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरूलाई देखाइदिएको उल्लेख गरे । उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने दाबी गरे ।

अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दूषित रहेको बताए । उनले आफ्नो पार्टी केही होइन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताए । उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताए । 

अध्यक्ष नेपालले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेका लागि धक्का भएको दाबी गरे । 


Author

थप समाचार
x