दल

राज्य संरचनामा नयाँ प्रविधिलाई बुझ्ने मान्छे हुनुपर्छ : डा. राउत

इकागज |
माघ २८, २०७९ शनिबार १६:२० बजे

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँ-नयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ–नयाँ कुराहरूलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका हुन् । उनले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको विस्तार गर्न सहज हुने उल्लेख गरे ।


उनले राज्यले कुनै पनि प्रकारका प्रविधिहरूको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए । प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रुपमा ध्यान पुर्‍याउनुपर्ने बताए । उहाँले प्रविधिहरूको प्रयोग गर्दैगर्दा त्यसको सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए ।

राउतले सूचना र प्रविधिको आजको युगमा किताबमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गरे । विज्ञान, प्रविधिको प्रयोग तथा विस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उनले बताए ।


Author

थप समाचार
x