दल

संसदमा झण्डै शतप्रतिशत मत पाउनु सामान्य कुरा होइन, एउटा इतिहास लेखियो : प्रधानमन्त्री दाहाल

इकागज |
माघ २८, २०७९ शनिबार १७:२८ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा झण्डै शतप्रतिशत मत प्राप्त गरेर एउटा इतिहास लेखिएको बताएका छन् ।

आज दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैकलाई सम्बोधन गर्दै दाहालले यस्तो इतिहासलाई कसैले मेट्न नसक्ने बताए । 'संसदमा झण्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य कुरा होइन । एउटा इतिहास त लेखियो। यसलाई कसैले मेट्न वा उल्टाउन सक्दैन', उनले भने । 


उनले माओवादीको नेतृत्वले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने बताए । उनले भने,  'संसदमा लगभग शतप्रतिशत मत पाउनुले पनि माओवादी नेतृत्वले मात्र देशलाई एकतावद्ध गर्नसक्छ, सबै दलहरूलाई मिलाएर लैजान सक्छ भन्ने प्रमाणित भएको छ ।'


Author

थप समाचार
x