दल

सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ : ओली

इकागज |
माघ २९, २०७९ आइतबार १९:१० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

आइतबार झापाको गौरादह ४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षड्यन्त्र भइरहेको बताएका हुन् ।


देशमा काम नगर्ने र अरुलाई पनि गर्न नदिने तत्वहरू सक्रिय रहेको उनकाे भनाइ छ । ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरू पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे ।​

उनले एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालमा विकासका धेरै कामहरू भएको उल्लेख गरे । 


Author

थप समाचार
x